काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा बृहत पदयात्रा गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले बृहत पदयात्रा गरेको हो । बृहत पदयात्रा सुरुवात नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । यही असोज ३ गते को संविधान दिवस लाई भब्य रुपले मनाउने र यही अवसर पारेर काठामडौँ उपत्यकामा पदयात्रा गर्ने एमालेले जनाएको छ । पदयात्राको बसन्तपुरमा क्षेत्रमा अध्यक्ष ओलीले सम्बोधन गरी समापन पनि गरेका छन् ।
