काठमाडौं । आज असोेज १ गतेका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । यो पर्ब हरेक वर्ष असोज १ गते यो मनाइँदै आइएको छ । कलका।खानामा कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न सरसमान औजारहरुको पूजा आराधना गरेमा धेरै समय टिक्ने, र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
