काठमाडौँ: सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत रहनुभएका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षा सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका डा. अग्रवालले आफ्नो विज्ञता र समय राज्यलाई अवैतनिक रूपमा उपलब्ध गराउनुहुनेछ।
प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुभएको सन्दर्भमा यो नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
डा. अग्रवालले विशेषज्ञका रूपमा सेवा पुर्याउँदा राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा लिनुहुने छैन।
