गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समिति सदस्य ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलको टोली र सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। ली चान्सु नेतृत्वको टोलीले संघीय संसद भवनको ल्होत्से हलमा द्विपक्षीय भेटवार्ता गरेको हो। सोमबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आइपुगेका ली चान्सुलाई सभामुख अग्नि प्रसाद सापकोटाले विमानस्थलमा स्वागत गरेका थिए।
