जनता समाजवादी पार्टीका प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका नेता पनि एमाले प्रवेश गरेका छन् । एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले ओलीलाई २०५ किलोको मालाले स्वागत गरेका हुन् ।
