काठमाडौं — ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१ औं स्थानमा पुगेको छ । सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो । १२१ देशको वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १०७ औं स्थानमा रहेको छ । पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ । यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ । श्रीलंका यो सूचकांकमा ६४ औं स्थानमा रहेको छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देशहरू छन् ।
