काठमाडौँ । डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। प्रधानमन्त्री देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध डडेल्धुराबाट प्रतिनिधि सभाका उम्मेद्धार कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेकोले उजुरी दिएको मल्लले बताए । उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने निर्वाचन कार्यालयले जनाएको छ ।
