लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिनु भएको हो ।८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् । विपक्षमा २८ मत खसेको छ ।
