काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत, पाटनले बिहीबार २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीपले धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई केन्द्रीय कारागार सुन्धाराबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती सम्पूर्ण प्रक्रिया पूरा गरेर उनी शुक्रबार रिहा भएका हुन् । रिहा भएलगत्तै लामिछानेलाई स्वागत गर्न शुभचिन्तको भीड लागेको थियो ।
