काठमाडौँ— आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान आइतबार दुर्घटनामा परेको छ । विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दुर्घटनामा भएको मानवीय क्षतिकोे पूर्ण विवरण आइसकेको छैन । विमानमा सवार ७२ जनाकै मृत्यु भएको खण्डमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । हालसम्म बिमान दुर्घटनामा मृत्यु भएका ६८ जनाको शव भेटिएको छ भने अन्य ४ जनाको अवस्था अज्ञात रहेको छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको हो ।यसअघि २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
