काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चोकमा निर्मित अनधिकृत संरचना भत्काउने क्रममा पत्रकार कृष्ण कट्टेलमाथि हातपात भएको छ । घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथी स्थानीय व्यापारी एकसाथ जाईलागेका हुन् । महानगरले आफ्नो संरचना भत्काएको आक्रोशमा स्थानीय व्यापारी सञ्चारकर्मीहरुमाथि खनिएका हुन् । त्यहाँ उपस्थित पत्रकार कृष्ण कट्टेललाई लात्ताले संवेदनशील अंगमा लागेको र अन्य ठाउँमा पनि प्रहार भएको उनले बताए । आफूहरुमाथि हातपात भएपछि पत्रकारहरुले तीनकुनेस्थित प्रहरी चौकीमा उजुरीका लागि पुगेका हुन् ।
