नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाउने र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले श्रमिक अधिकार सुनिश्चित गर्ने सवालमा नेपाली कांग्रेस सधैं अग्रस्थानमा रहेको उल्लेख गरे ।
श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ सभापति देउवाले भने, ‘हरेक राजनीतिक आन्दोलन र अधिकार प्राप्तिमा श्रमिकको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।
