भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि ३ दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्।
चौथाईवाले ३ दिनको बसाइँमा प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
