प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय युवा संघ नेपालको योजनामा हुन गइरहेको स्वयंसेवक भेलालाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । बुधबार बिहान १० बजे तिनकुने काठमाडौँमा राष्ट्रिय स्वयंसेवक भेला गर्ने कार्यतालिका रहेको छ ।

लोकतान्त्रिक गणतन्त्र नेपाल जनताको स्वाभिमान भन्ने मूल नाराका साथ युवाहरूलाई एकताबद्ध गर्ने कार्यक्रम रहेको नेकपा एमालेका युवा नेता निराजन पौडेलले जानकारी दिनुभएको छ । निराजन पौडेलको नेतृत्वमा चैत्र १३ गते बिहान ८ बजे सातदोबाटोमा युवाहरू भेला हुने र सातदोबाटो ललितपुरबाट तिनकुनेसम्म विशाल र्यालीमा सहभागी हुन राष्ट्रिय युवा सङ्घ नेपालले अपिल पनि गरेको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन गइरहेको यस भेलालाई राजावादीहरू विरुद्ध शक्ति प्रदर्शनको रुपमा पनि हेरिएको छ ।
