काठमाडौं भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टी (भा.ज.पा.) की विधायक रेखा गुप्ताको नाम घोषणा गरिएको छ। बुधबार साँझ आयोजित भाजपा विधायक दलको बैठकले उहाँलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो। यससँगै, प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्षको रूपमा नियुक्त हुनुभएकाे छ ।
रेखा गुप्ताको शपथ ग्रहण आज (बिहीबार,फेब्रुअरी २०२५) दिउँसो १२:३५ बजे रामलीला मैदानमा हुनेछ।
