पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। विदेशी मिडियाका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्यालीका क्रममा बन्दुकधारीले खानमाथि गोली चलाएका हुन्। र्यालीका क्रममा खान चढेको कन्टेनरमा गोली हानेका हुन्। पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको छ भने अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त रहेको छ।
