काठमाडौ । सर्वोच्च अदालतले ’नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि गएको आइतवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले त्यही आदेशलाई अदालतले निरन्तरता दिएको हो । पूर्वप्रधानमन्त्रीलगायत पटक–पटक सांसद भएका व्यक्तिलाई फेरि निर्वाचित नगर्न आह्वान गर्दै समाजिक सञ्जालमा ’नो नोट अगेन’ अभियान सञ्चालन भइरहेको छ ।
