काठमाडौं । सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनउँदै त्यसको खारेजीको माग राखी निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा. तोसिमा कार्कीको लाभको पद सन्र्दभमा व्याख्या गर्दै मनोनयन कायम राख्ने सर्वोच्चका न्यायाधीश कुमार चुडाल इजलासको अन्तरिम आदेशमा निर्वाचन आयोगले असहमति जनाएको छ । दुई दिनअघिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘लाभको पद’को विषयलाई उपयुक्त व्याख्या गराउन आयोगले प्रयत्न गर्ने जानकारी दिएका थिए ।
