राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा दोस्रो पटक प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावको पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो ।
