काठमाडौँ – सरकारले बुधबार भदौ देखि सिंहदरबारभित्र ग्यास सिलिन्डरमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने भएकोले सोही अनुसार सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयको आदेश गरेको छ ।
