लाखौं बिद्यार्थीहरुको भविष्य जोडिएको त्रिभुवन बिश्वबिधालयमा विभिन्न अराजक तथा गैह्र जिम्मेवार समुहहरुबाट बिगत केही महिना देखि सत्ताको आडमा त्रिभुवन बिश्वबिधालयलाई अराजकता र ताला बन्दीको केन्द्रबिन्दु बनाई रहेको र तालाबन्दिको आडमा विभिन्न न्युक्तीहरुको बार्गेनिङ गरिरहेको भन्दै अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले दुई दिने हस्ताक्षर कार्यक्रममा पन्ध्र सय जनाको हस्ताक्षर संकलन गरि सम्पन्न गरेको अनेरास्ववियु त्रि.वि जिल्ला कमिटी अध्यक्ष शम्भु भट्टले बताएका छ्न ।
बाह्र मिटर लामो कपडामा संकलित हस्ताक्षरहरुलाई अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले ज्ञापन पत्र सहित त्रिभुवन बिश्वबिधालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटा मार्फत बिश्वबिधालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउबालाई बुझाई दिन विज्ञप्तिमा उल्लेख गरेका छ्न । अध्यक्ष भट्टले भनेका छ्न, यदि यो बिश्वविधालयका कुलपतिले यी पन्ध्र सय आवाज हरुलाई बेवास्ता गरेर अझै पनि बिश्वबिधलयलाई गुमराहमा राख्ने चेस्टा गरे अनेरास्ववियु त्रि.वि जिल्ला कमिटी यस्ता गलत प्रबिर्तीको भण्डाफोर गर्दै सस्कत आन्दोलमा जाने चेतावनी दिदै, यी हस्ताक्षरहरुले बोल्न खोजेको आसय बेवास्ता नगर्न अनुरोध समेत गरेका छ्न ।

