मंगलबार बसेको न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । न्याय परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका मध्येबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । जिल्ला न्यायाधीशमा सिफारिस परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । कार्की महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए ।
