बैतडी – बैतडीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गणमेश्वरबाट देहीमाण्डौं तर्फ जादैँ गरेको से १ ज २९५ नम्बरको जीप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो ।देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटा भन्ने स्थानमा भएको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।
