काठमाडौं माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परिक्षा नियन्त्रण कार्यालयका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा सहभागी हुदैछन् । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
