बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए । पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिकामा काम गरेको आरोप थियो ।
