आइतबार भएको एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा गोरखामा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखा र गोरखा जेसिजको संयुक्त आयोजनामा सोमवार साँझ दीप प्रज्वलन गरिएको हो । विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ। काठमाडौंबाट पोखराको लागी उडेको यति एयरलाइन्सको बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।
