राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो।
