काठमाडौ–अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको १२० मिनेटको खेलपछि ३–३ को बराबरीमा खेल पुगेको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराउँदै विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ ।
