काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि संविधानको धारा ७६ (२) अनुसारआह्वान गरेकी छन् । संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

