काठमाडौं – उपत्यकामा मंगलबार राती परेको भारी वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । प्रहरी कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका सरसामान बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ठूलो पानी परेकाले बागमती लगायतका नदी र खोलाहरुमा बाढीको खतराको सूचना गएराति नै जारी गरेको थियो ।
