काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव)को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले रेडियो नेपालले २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण गरेर नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो।

