रास्वपा सांसदले तीनकुनेमा गोली लागेर घाइते भएकी रेविका खत्रीकाे परिवारलाई भेटेका छन् ।
कामबाट घर फर्किदै गर्दा राजावादी आन्दोलनका क्रममा गाेली लागेर घाइते खत्रीकाे बानेश्वरस्थित सिभिल अस्पतालमा आइसियुमा उपचार भइरहेको छ ।
रेविकाकाे परिवारलाई भेट्न सांसदहरू चन्दा कार्की, साेबिता गौतम, गणेश पराजुली अस्पताल पुगेका थिए ।
उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
