११ चैत, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन्।
राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते बिहीबार प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउने छन्। सभामुख चयन नहुँदासम्म उनले प्रतिनिधिसभा बैठकको अध्यक्षता समेत गर्नेछन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी कुल २७५ सदस्य निर्वाचित भएका छन्।
