काठमाडौं, नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाले मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप भएको भन्दै देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । ओपीडी बन्द हुँदा अस्पताल गएका बिरामी र आफन्तहरू सेवाबाट वञ्चित भएका छन् । अदालतले ओम, हिमाल र ग्राण्डी अस्पताललाई करोडौं क्षतिपूर्ति तिर्न आदेश दिएपछि संघ आन्दोलित बनेको हो ।
