काठमाडौं, हिमालयन रिइन्सुरेन्स लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति जेठ ११ गते आइतबार तय गरेको छ। कम्पनीको ४.५० प्रतिशत लाभांश प्रस्ताव स्वीकृत गराउन बुक क्लोज गर्ने तयारीसँगै लाभांश प्राप्तिका लागि सेयरधनी बन्ने अन्तिम मिति आज बिहीबार जेठ ८ गते रहेको छ।
कम्पनीले बुक क्लोजको लागि तोकेको मितिको अघिल्लो दुई कार्य दिनमा सेयर खरिद गरिसक्नुपर्ने हुन्छ। तर, जेठ ९ गते शुक्रबार सार्वजनिक बिदा र जेठ १० गते शनिबार साप्ताहिक विदा परेकाले दुवै दिन नेप्सेमा कारोबार हुने छैन।
