काठमाडौं, सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि आइपीओ बिक्री गरिसकेको छ । यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ
