काठमाडौं , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति उनी शौचालयमा चिप्लिएर लडेका थिए।
लडाइँका कारण उनको टाउको र निधारमा चोट लागेको छ । लगत्तै उनलाई उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार, टाउकोमा चोट लागेकाले टाँका लगाइएको छ। अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।
