नेपाली लेखक संघको महिला सदस्यमा ईन्दिरा निरौला चयन हुनुभएको छ । लुम्बिनीमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनमा रत्नमणि नेपाललाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित हुनुभएको छ ।
संघका अन्य पद भने निर्विरोध भएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङ्गका अनुसार खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणी अधिकारी, डा. विष्णु के।सी र डा. शशि थापा पण्डित चयन भएका छन् । यसै गरी महिला उपाध्यक्षमा विमला तुम्खेवा, परराष्ट्र उपाध्यक्षमा युवराज डिसी, उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के।सी। तथा खुल्ला सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत भएका छन् ।
यस्तै महिला सचिवमा निर्मला कोइराला निर्विरोध हुँदा सदस्यहरुमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत सुदर्शन आचार्य दिवाकर घिमिरे, विमल वैद्य अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन भएका छन् ।
त्यसै गरी कोसी प्रदेशबाट जेबी खत्री, वागमती बाट भगवती खनाल, गण्डकी बाट डा। गणेश प्रसाद शर्मा, लुम्बिनी बाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला के।सी र सुदूरपश्चिमबाट प्रा.भोजराज जोशी निर्विरोध भए ।
संघको महिला सदस्यमा राधिका गुरागाईँ, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जा कुमारी दनुवार चयन भएका छन् । दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाति सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन भएका छन् । शनिवार उद्घाटन भएको संंघको अधिवेशन नयाँ नेतृत्व चयन गरेसँगै आइतबार सम्पन्न भएको थियो ।
