काठमाडौं मेडिकल कलेज (केएमसी) ले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार सेवा सुरु गरेको छ।
अस्पताल प्रशासनका अनुसार, घाइतेहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।
सम्पर्क नम्बरहरू:
9802335108
9802335130
यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो। समाजसेवामा समर्पित सांसद शर्माले नेपालभरि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसबाट लाखौं नागरिकहरूले लाभ लिएका छन्। गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ।
सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गर्नुभएको छ। साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ।
सांसद डा. सुनिल शर्मा नेपालका एक मात्र तलब-भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो सम्पूर्ण जीवन समाजसेवा र मानवताको सेवामा समर्पित गर्दै आउनुभएको छ। उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ। यस्तो समाजसेवी पहलले लाखौं नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन ठूलो योगदान दिने विश्वास गरिएको छ

