परराष्ट्रमन्त्री डा आरजु राणा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतीय विदेश
मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि मंगलवार भेटवार्ता भएको हो । सो भेटका क्रममा युक्रेनी
सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न, नेपाल युक्रेनको आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो ।
