काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कागेश्वरी मनोहरा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार प्रतिनिधि सभा सदस्य सोविता गौतमको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले राज कुमार न्यौपानेको अध्यक्षतामा नयाँ नगर समिति गठन गरेको छ । त्यस्तै, उपाध्यक्षमा गोपकृष्ण थापा, सचिवमा कविता फुयाल र सह सचिवमा भुवन बराल भयन भएका छन् । सदस्यमा शसी फुयाल, विशाल कार्की, सुवर्ण पुडासैनी, दिपक अर्याल, दिपक प्रसाद पुडासैनी, न्युटन पुडासैनी, कुष्ण कुमारी आचार्य र सविना पुतुवर चयन भएका छन् ।

`
शनिवार सम्पन्न नगरपालिकाको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा नगर समिति निर्वाचित भएपछि निर्वाचित समितिका अध्यक्ष राजकुमार न्यौपानेले सम्पूर्ण निर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। त्यसैगरी यस अधिवेशनलाई सफल पार्न सहयोग गर्ने निर्वाचन समिति, नगरभित्रका सम्पूर्ण वडा प्रतिनिधिहरु, केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र तदर्थ समितिका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्नुहुने घन्टी मित्रहरूप्रति अध्यक्ष राजकुमार न्यौपानेले हार्दिक आभार व्यक्त गर्नुभएको छ।

