काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ ।
उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दुर्लभ आनुवंशिक रोगका कारण भएको हो । यस रोगमा शरीरका कोषहरूले ऊर्जा पाउँदैनन्, जसका कारण शरीरका विभिन्न अंगहरूले बिस्तारै काम गर्न छोड्छन् । यो रोगले मस्तिष्क, स्नायु प्रणाली, कलेजो, मांसपेशी, आँखा आदि जस्ता धेरै अंगहरूलाई असर गर्छ। यो रोगको कुनै उपचार छैन र यसको निदान गर्न पनि धेरै गाह्रो छ ।
