काठमाडौँ । डिजिटल माध्यमाबाट प्रकाशन तथा प्रशारण हुने संचार माध्यमहरु संगठित भएका छन् । डिजिटल मिडियाहरुले डिजिटल मिडिया अलाएन्स(डिम्यान) गठन गरि संगठित भएका हुन् । सोमबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट औपचारिकरुपमा डिजिटल मिडिया अलायन्स घोषण भएको छ । अलायन्सले लुम्बिनीका विभिन्न ठाउँबाट लोगो सार्वजनिक गरेका हो ।
केही दिन अघि औपचारिक रुपमा दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको थियो ।
९ जना संचालक रहेको अलाएन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अलाइन्सका अध्यक्ष मोहराज पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार अलाएन्समा हाल डिजिटल संचारमाध्यममा सक्रिय मिडियाहरु जोडिएका छन् । अन्य संचारमाध्यमहरुलाई पनि अलाएन्समा जोड्दै लगिने छ ।
अलाएन्सले कसैको दबाब र प्रभाबबिनानपरी निस्पक्षरुपले भूमिका निभाउनका साथै डिजिटल मिडियाको हक हितकालागि वकालत गर्ने अलाएन्सका महासचिव युुवराज कडेल बताउँछन् । उनका अनुसार डिजिटल मिडियामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धी र गुणस्तर वृद्धीका लागि अलाएन्सले काम गर्ने छ । अलाएन्सले डिजिटल मिडियाको संरक्षण तथा सम्बद्र्धनका विषेश भुमिका खेल्ने छ ।
संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहेका छन् भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरास मिडिया नेट्वर्कका कमल सरगम चौलागाई छन् ।सिटिजन एचडीका बिजन दुवाडि सल्लाहकार साथै सदस्यहरुमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाउट नेपालका नरेन्द्र महरा रहेका छन् ।
