सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा गरी एकैपटक पाँचवटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजेरेटर, वासिङ मेसिन, एलईडी टीभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायत धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सकिने कम्पनीले जनाएको छ ।
सञ्चालनमा ल्याइएका ती शोरुमहरूमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै; एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, मिडिया, केन्ट, इलिका, सेन्सेई, ब्ल्याक डेकर, क्रम्प्टन, नथिङ र एप्पल आईफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानहरूको प्रदर्शन र सुपथ मूल्यमा बिक्रीवितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम सञ्चालन गरिएको छ । दक्ष र अनुभवी सेल्स पर्सनहरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी दिइनुका साथै ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउने कम्पनीले बताएको छ । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य जनाइएको छ ।
कम्पनीका अनुसार नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ ।
नयाँ सञ्चालनमा आएका पाँचवटासमेत गरी सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।
