रवि लामिछाने ८४ दिन लामो प्रहरी हिरासतबाट मुक्त भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् । उनी २ कात्तिकमा काठमाडौंमा पक्राउ परेका थिए । त्यसपछि उनी कास्की प्रहरीको हिरासतमा थिए ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका थिए । प्रहरीले लामो अनुसन्धानपछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि मुद्दा चलाउन राय दिई जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो ।
लामिछानेसँगै यही प्रकरणमा पक्राउ परेका छविलाल जोशी पनि 88 लाख रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन् ।
