मधेश प्रदेशको पश्चिम भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा आज बिहानैदेखि बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ती कँडेलले यो क्रम केही दिनसम्म तराई क्षेत्रमा निरन्तर रहने बताउनुभयो । बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरका कारण तराई क्षेत्रमा हवाई तथा सडक यातायातका साथै कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुनसक्ने भन्दै वरिष्ठ मौसमविद् कँडेलले सबैमा सतर्कता अपनाउन आग्रह गर्नुभयो ।तराई बाहेक देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा अवस्थामा रहने र अबको ३ दिनसम्म देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको पनि वरिष्ठ मौसमविद् शान्ती कँडेलले जानकारी दिनुभयो । Radionepal
