सार्वजनिक सेवा प्रसारण संस्था–पिएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तु नागरिक केन्द्रित बनाउन निर्देशन दिनुभएको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पु¥याउनु यसको उद्देश्य रहेको बताउनुभयो ।
कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपालले दूर दराजमा रहेका जनतामाझ पु¥याइरहेको आवाजलाई अझ प्रभावकारी र तटस्थ ढङ्गबाट अगाडि बढाउन पिएसबीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्दै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने विभिन्न चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी र दायित्व उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
