मलेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म २ लाख भन्दा बढी परिवार बाढीका चपेटामा परेका छन् ।
साथै, हालसम्म ३ जनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले जनाएका छन । भारी वर्षा र आँधीहुरी जारी रहेकाले सङ्ख्या बढ्न सक्ने आशंका छ। हजारौं आपतकालीन सेवाकर्मीहरू अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न मद्दत गर्न खटिएका छन भने नयाँ आश्रयस्थल बनाएर उनीहरूलाइ राख्न सुरू गरिएको छ ।NK
