डियो नेपालको अनलाइन न्युज पोर्टल www.radionepalonline.com को सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह(दाहाल) नियुक्त हुनुभएको छ । ३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिइएको हो ।
रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने थप जिम्मेवारी दिनु भएको हो ।
