जूम ब्यूटी एकेडेमीको वृहत् तीज फेष्टिभल कार्यक्रम सम्पन्न भएको छ । नेपालको बहुप्रतिष्ठित ब्यूटी एकेडेमी, जूम ब्यूटी एकेडेमीले वृहत् तीज फेष्टिभल २०८१ को आयोजना गरेको थियो ।
सम्पूर्ण हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तीज सभ्य र भव्य तरिकाले मनाउनुपर्छ भन्ने योजना राख्दै जूमले आफ्ना १२ वटै शाखाका सम्पूर्ण कर्मचारी तथा प्रशिक्षार्थीहरुसंग तीज मनाएको हो । हिजो भाद्र १२ गते बुधबार, बौद्धस्थित बौद्ध हेरिटेजमा कार्यक्रम आयोजना गरीएको थियो ।
कार्यक्रममा चर्चित अभिनेत्री केकी अधिकारीको प्रमुख आतिथ्य थियो भने केहि चर्चित कलाकारहरुको समेत उपस्थिती थियो । साथमा कार्यक्रममा जूमका १२ वटै शाखाका कर्मचारी एवं प्रशिक्षार्थीहरुले समेत आकर्षक प्रस्तुतीहरु देखाएका थिए । ।
कार्यक्रममा भर्खरै सम्पन्न भएको ईन्टर ब्रान्च कम्पिटिसनका विभिन्न विधाका विजेताहरुलाई अवार्ड पनि प्रदान गरीएको छ । तीज फेस्टिभलमा उत्कृष्ट ३ प्रस्तुतीहरुलाई आकर्षक पुरस्कारहरु वितरण गरीएको बताइएको छ । एकेडेमीले हरेक वर्ष तीजको अवसरमा तीज फेष्टिभलको आयोजना गर्दै आएको छ ।
